गैरकानूनी रुपमा ग्रीस प्रवेश गर्न खोज्ने ७ आप्रवासीको दुर्घटनामा मृत्यु, २ नेपाली घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ६, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा सातजना आप्रवासीको सवारी दुर्घटनामा मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जना नेपालीहरु रहेको अधिकारीहरूको भनाइलाई उल्लेख गर्दै डेलिमेलले लेखेको छ ।

दुर्घटनामा परी ज्यान गुमाउने सात जनामा एक महिला समेत छिन् । मृतकको हालसम्म सनाखत हुन सकेको छैन ।

१५ जना आप्रवासी बोकेको गाडी प्रहरीको अवरोधबाट बच्न खोज्दा नियन्त्रण गुमाएर दुर्घटनामा परेको समाचारमा उल्लेख गरिएको छ । दुर्घटनामा घाइते हुनेमा चार जना पाकिस्तानी, दुई जना नेपाली र एक जना अफगानी छन् ।

नेपालीहरुको यथार्थबारे छिट्टै बाहिर ल्याउँछौं : एनआरएनए टर्की

एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङले दुर्घटनामा परेका नेपालीहरुको यथार्थबारे जति सक्दो छिटो बाहिर ल्याउने बताएका छन् । ‘हामीले पनि समाचारबाट नै सुनेका छौं, तर अहिलेसम्म कुन एजेण्टले पठाएका नेपालीहरु हुन् ? को-को परेका छन् भन्नेबारे संघलाई कुनै पनि जानकारी छैन,’ अध्यक्ष घिसिङले भने ।

उनले अघि भने, ‘टर्कीबाट अवैध रुपमा ग्रीस प्रवेश गर्ने नेपालीहरुको संख्या दिनदिनै बढ्दै छ । समाचारमा उल्लेख भएको घटनाको प्रकृति हेर्दा नेपालीहरु पर्न सक्ने स्वभाविक नै हो ।’ टर्कीदेखि ग्रीस अवैधानिक रुपमा जाँदा विना पासपोर्ट वा डकुमेन्ट हिड्ने हुँदा मृतकहरुको सनाखत हुन पनि समय लाग्ने उनले बताए ।

टर्कीमा रहेका नेपालीहरुसँग पनि आफूहरुले सोधीखोजी सुरु गरिसकेको उनले बताए । अध्यक्ष घिसिङले भने, ‘यहाँ ठूला-ठूला घटनाहरु हुन्छन्, तर तत्काल थाहा नै हुँदैन । सत्यतथ्य एकदिन त बाहिर आइहाल्छ ।’

टर्कीलाई इस्लामावादस्थित नेपाली राजदूतावासले हेर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..