आइतबारदेखि मौसम सुधार हुने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर ३, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् ।

अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका भूभागहरूमा बदलीको अवस्था छ।

यस्तो अवस्था शनिबार रातिसम्म रहने मौसम पूर्वानुमान महाशाखा मौसमविद निराजन सापकोटाले जानकारी दिए । ‘आइतबार बिहानदेखि बिस्तारै पश्चिमबाट खुल्दै पूर्वी भूभागतिर जान्छ । यसबाट पारदर्शितामा पनि वृद्धि हुन्छ,’ मौसमविद सापकोटाले भने ।

अरब सागरमा विकसित निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने महाशाखाले जनाएको छ । पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल छिमेकी मुलुक भारतमा देखिएको वायुप्रदूषणको आंशिक प्रभाव पनि नेपालमा परेको मौसमविद सापकोटा बताउँछन् । ‘त्यो जलवाष्पयुक्त हावामा डष्ट पार्टिकलहरू (धुलोका कणहरू) मिसिएर नेपाल प्रवेश गरेकाले भिजिबिलिटी -पारदर्शिता)मा कमी ल्याएको छ,’ सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..