प्याब्सन अध्यक्ष भन्छन्- सुरक्षाको प्रत्याभूति नभएकाले विद्यालय खोलेनौं

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ३०, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको विद्यालय प्रभावित भएको छ ।

बन्दका कारण काठमाडौं उपत्यकासहित मुख्य शहरी क्षेत्र पोखरा, धरान, विराटनगर लगायतका अधिकांश निजी तथा सामुदायीक विद्यालयमा आज पठनपाठन हुन सकेको छैन । निजी विद्यालय सन्चालकहरुले जोखिम उठाउन नसक्ने भएकाले अधिकांश विद्यालय बन्द गरिएको बताएका छन् ।

निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (प्याब्सन) का अध्यक्ष टिका पुरी बन्दको आह्वान भएपछि शान्ती सुरक्षाको प्रत्याभूति नभएकाले अधिकांश बन्द भएको बताए । उनले भने ‘विद्यार्थीको ज्यानको, विद्यालयको, सवारी साधनको सुरक्षाको कुरा आउँछ । शान्ती सुरक्षाको प्रत्याभूति छैन । हाम्रा विद्यालयहरु डराए । एक दिनको कुरा हो त्यसैले जबरजस्ती नगरौं भनेर खोलिएन ।’ बन्द हड्तालको पक्षमा नभएपनि बाध्यात्मक परिस्थितिले गर्दा विद्यालय खोल्न नसकेको उनको भनाइ छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटा निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नको लागि मन्त्रालयले पहल नगरेपछि विद्यालय बन्द भएको बताउँछन् । उनी भन्छन् ‘तरकारी, पानी, एम्बुलेन्स, दमकल जस्ता गाडीलाई खुला गरेको भनिरहँदा विद्यालयको गाडीलाई पनि खोल्न पर्थ्यो । त्यो किसिमको पहल शिक्षा मन्त्रालयले गर्नु पर्थ्यो, गरेन । हामीले जोखिम मोल्ने हिम्मत गर्न सकेनौं ।’

लामो समयपछि भौतिक रुपमा विद्यालय सञ्चालन हुन थालेको बेला भएको बन्दले विद्यार्थी प्रभावित भएका छन् । सामुदायीक विद्यालयहरु खुले पनि विद्यार्थी नआएपछि पठनपाठन हुन नसकेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यामिक विद्यालयका हेरम्बराज कँडेलले बताए । उनले भने, ‘हामी विद्यालय आयौं । तर विद्यार्थी नै आएनन् । १०, ११ जना विद्यार्थी मात्रै आएका छन् । त्यसैले हामीले आज पठनपाठन गर्न सकेनौं ।’

बिहानैदेखि यातायात, बजार, व्यवसाय बन्द रहेका कारणले पनि विद्यार्थीहरुमा विद्यालय नलाग्ने भ्रम परेको हुन सक्ने कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..