प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभामा विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुनुअघि उनले राजीनामा घोषणा गरेका हुन् ।

सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले भने, ‘हाम्रो अंकगणित मेल नखाएको र १६८ (१) को अवस्था नभएकाले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्छु ।

१० भदौमा मुख्यमन्त्री बनेका आचार्य २५ गते नै अल्पमतमा परेका थिए । एमालेका १० सांसदले एकीकृत नेकपा समाजवादी रोजेसँगै अल्पमतमा परेका आचार्यले संविधानअनुसार ३० दिने विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

तर प्रस्ताव तत्काल मतदानमा लगिएन । प्रदेशसभामा आफ्नो दल अल्पमतमा परेसँगै सरकार छाड्ने सोच रोखेको भएपनि जनताको अपेक्षा र कामको चापले हतारो गर्न नदिएको आचार्यको दाबी छ । उनले अघि भने, ‘यो सरकार स्थिर रहोस् भन्ने जनताको अपेक्षा थियो । कामको चापले पनि यो सरकारको माग गरिरहेको थियो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..