पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने ६ विद्यार्थी संगठनको चेतावनी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सामबेद। विभिन्न ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर, विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गरेर मूल्यवृद्धिको विरोध गरेका हुन्।

उनीहरुले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आम-नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन्। ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरूमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको ब्यापारीको जस्तो भूमिका किमार्थ स्वीकार्य छैन।’

आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरूको खोजी गर्नेतर्फ पूर्ण उदासीन रही केवल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रूपमा गरिएको मूल्य वृद्धिप्रति उनीहरूले कडा आपत्ति जनाएका छन्। मुलुकका ८० लाख विद्यार्थीहरुको प्रतिनिधि संगठनहरुको विज्ञप्ति र शालीन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरूको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..