हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानुन व्यवसायी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक १४, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताएका छन् । रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उनीहरुको भनाइ छ ।

नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रदर्शन आफूहरुको रहर नभइ बाध्यता भएको बताए । उनले गलत प्रवृत्ति सच्याउने कोसिसविरुद्ध प्रदर्शन गरेको श्रेष्ठको भनाइ थियो ।

नेपाल बार एशोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालले विरोध प्रदर्शनमा उत्रिंदा असहज महसुस भए पनि न्यायालयको शुद्धीकरणका लागि प्रदर्शन गर्नु परेको बताइन् ।

बरिष्ठ कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीले आफूहरुको प्रदर्शन न्यायालयविरुद्ध नभएको बताए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरुले आज कालोपट्टि बाधेर प्रदर्शन गरेका छन् ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..