सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक ८, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ ।

अलजजिरा अनलाइनले अल हदाथ टिभीलाई उद्धृत गर्दै लेखेअनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई उनकै घरभित्र नजरबन्दमा राखिएको छ । यद्यपि यो कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अलजजिराले जनाएको छ ।

यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैंले सामाजिक सन्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् ।

सन्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।

सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आह्वान गरेका थिए ।

गत सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाब चर्किएको छ । सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो । अहिले आम नागरिक र सैन्य प्रतिनिधिसहितको संक्रमणकालीन सरकारले सुडानको सत्ता सम्हालिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..