उपराष्ट्रपति पुनले भेटे मोहन वैद्यलाई

द्वारा प्रकाशित गरिएको हो |
२०७८ कार्तिक २, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो राजनीतिक गुरु एवम् क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई अस्पतालमै पुगेर भेटेका छन् ।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे आठ बजे नर्भिक अस्पताल पुगेका थिए ।

उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण वैद्यलाई भेट्न नर्भिक अस्पतालमा  पुगेका थिए ।

आइतबार बिहान नर्भिक भर्ना भएका वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..