कपिलवस्तुमा झाडापखालाबाट दुई जनाको मृत्यु, ५२ जना अस्पताल भर्ना

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालक रहेको नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।

झाडापखाला लागेका ५२ जनाको शिवराज अस्पताल बहादुरगञ्जमा उपचार भइरहेको र गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रिफर गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । दूषित पानीका कारण झाडापखाला फैलिएको पाण्डेले बताए । झाडा पखाला नियन्त्रणका लागि स्वास्थ्य कार्यालयबाट औषधि र जनशक्ति कृष्णनगर पठाइसकिएको र आफू पनि प्रभावित क्षेत्रमै रहेको पाण्डेले बताए ।‘दूषित पानीकै कारण झाडापखाला फैलिएको हो, पानी कहाँ कसरी दूषित भयो भन्ने पत्ता लगाउँदैछौं,’ पाण्डेले भने । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा राति १२ बजेदेखि झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको मेयर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..