
रिलायन्स लाइफ इन्स्यारेन्सले गत आर्थिक वर्षको मूनाफाबाट बोनस शेयर नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई नगद लाभांशमात्रै दिने निर्णय गरेको हो ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई दिएको जानकारी अनुसार हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नेछ ।अब बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिबाट स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।