प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १९, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) बोलाएका छन् ।

प्रधानन्यायाधीश जबराले मन्त्रिपरिषदमा भाग खोजेको समाचार आइरहेका बेला न्यायाधीशहरुको पूर्ण बैठक बस्न लागेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार बैठक दिउँसो १ बजेपछि बस्नेछ । दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता दाहालले जानकारी दिए ।सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..