कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन निर्वाचित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १६, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेस मुस्ताङको सभापतिमा रोमी गौचन थकाली निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित गौचन १४औं महाधिवेशन अन्तर्गत जिल्ला सभापति निर्वाचित हुने पहिलो व्यक्ति हुन् ।

मुस्ताङको जिल्ला अधिवेशन शुक्रबार उद्घाटन भएकोमा शनिबार गौचन सर्वसम्मत सभापति निर्वाचित भएका हुन् । होटल व्यवसायी समेत रहेका गौचन यसअघि दुईपटक मन्त्री भइसकेका छन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हुन् ।२१ हिमाली जिल्लामा असोज १८ गतेसम्म जिल्ला अधिवेशन गरिसक्ने निर्णयअनुसार अहिले अधिवेशन भइरहेको छ । रसुवा र डोल्पामा भने वडा अधिवेशन नै नभएका कारण तोकिएको समयमा अधिवेशन नहुने पक्का भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..