बागमतीमा कांग्रेस नेतृत्वको सरकार बनाउने प्रस्ताव आपत्तिजनक छ : शेखर कोइराला

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन १४, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

साढे दुई महीनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन नेकपा (एकीकृत समाजवादी)लाई गरिएको प्रस्तावप्रति कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनअघि नै कांग्रेस बागमती प्रदेश सभाका दलका नेता इन्द्र बानियाँलाई मुख्यमन्त्री बनाउन चाहेको खबर सार्वजनिक भएपछि नेता कोइरालाले आपत्ति जनाएका हुन् ।

उनले महाधिवेशनलाई लक्षित गरी अढाइ महीनाका लागि कांग्रेस नेतृत्वमा सरकार बनाउन गरिएको प्रस्तावले पार्टीलाई कमजोर बनाउने टिप्पणी गरेका हुन् ।

पार्टी केन्द्रीय सदस्यसमेत रहेका कोइरालाले अघि प्रश्न गरेका छन्,  ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो ?’

विभाजनसँगै एमालेका १३ जना सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा छन् ।

शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धन सरकार बन्ने छ । सरकारको नेतृत्वमा एकीकृत समाजवादीले दाबी गरेको छ । समाजवादीबाट दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने तयारिमा छन् ।

प्रदेशसभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद एकठाउँमा उभिँदा बहुमत पुग्छ ।

१०९ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५५ सांसद चाहिन्छ, पाँचदलीय गठबन्धनसँग ५८ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..