औपचारिक रुपमा पत्र नआईसकेको भए पनि अब एउटा नाकाबाट दैनिक २० कन्टेनर सामान भित्रिने उनले बताए । अहिले तातोपानी र केरुङबाट दैनिक २० हाराहारी केन्टेनरले सामान नेपालतर्फ आयात गरिरहेका छन् ।
यस्तै चीनले नेपालले उत्तरी नाकाबाट आयात गरिरहका रासायनिक मललाई छुट्टै प्रक्रियामार्फत छिटो ढुवानी गराउने जनाएको छ । हालको दैनिक कोटा भन्दा अलग्गै राखेर जतिसक्दो छिटो मल नेपाल पठाउने जानकारी चिनियाँ पक्षले दिएको सचिव भट्टराईले बताए ।
केहीदिनअघि ल्हासामा नेपाली महावाणिज्य दूतावासले नाकाको सहजताका लागि चिनियाँ पक्षसँग छलफल गरेको थियो ।

