कांग्रेस पदाधिकारी बैठक सिंहदरवारमा जारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ आश्विन ८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सिंहदरवारमा जारी छ । कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा १४ औं महाधिवेशनको कार्यतालिका र समावेशी प्रतिनिधित्वका विषयमा छलफल भइरहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसले हिमाली जिल्लामा दशैंअघि जिल्ला अधिवेशन गर्ने र बाँकीमा दशैंपछि अधिवेशनका कार्यक्रम अगाडि बढाउने निर्णय गरेपछि महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।

‘आज बैठकमा अधिवेशनकै समय तालिकाबारे  छलफल भइरहेको छ । हिमाली बाहेकका जिल्लाहरुमा दशैंअघि पालिका अधिवेशनमात्रै गर्ने कुरा भएको छ, बाँकी अधिवेशनको मितिबारे छलफल भइरहेको छ,’ सहमहामन्त्री महतले भने ।

उनका अनुसार बैठकमा समावेशी प्रतिनिधित्वको विषयमा पनि छलफल भइरहेको छ । महाधिवेशनमा दलित, मुस्लिम, मधेशी, अल्पसंख्यकहरुको प्रतिनिधित्वका विषयमा कांग्रेसभित्र असन्तुष्टि छ ।

कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा महाधिवेशन प्रक्रिया प्रभावित भएको हो । ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसकेको छ भने बाँकी जिल्लाको अधिवेशन अनिश्चित बनेको हो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलले क्रियाशील सदस्यता विवाद टुंग्याए पनि कार्यान्वयनमा भने सहमति जुटेको छैन ।

पदाधिकारी बैठकमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ । यी जिल्लामा दशैंअघि नै वडा र पालिका अधिवेशन सम्पन्न गर्ने कांग्रेसले निर्णय गरिसके पनि क्रियाशील सदस्यता भने अझै सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..