सरकारले चालु आर्थिक वर्षको बजेटमा ऋणको ठूलो अंश कटौती गरेको छ ।
अनुत्पादक क्षेत्रमा सार्वजनिक ऋणको उपयोगले भविष्यमा साँवा तथा ब्याज भुक्तानीका लागि राजस्वको ठूलो हिस्सा छुट्याउनु पर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले विनियोजन अध्यादेश, २०७६ मा प्रस्ताव गरिएको आन्तरिक ऋण तथा वैदेशिक क्रणको अंश करिव ३७ अर्ब घटाउँदै संशोधित बजेट ल्याएका हुन् ।

