ओडीआई क्रिकेट : नेपालले पपुवा न्यु गिनीविरुद्ध बलिङ गर्दै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २२, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाल र पपुवा न्यु गिनीबीचको खेल सुरु भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमनमा जारी त्रिकोणात्मक सिरिजमा अहिले नेपालले फिल्डिङ गरिरहेको छ ।

ओमानको अल अमेरत मैदानमा पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेको नेपालले त्यसअघि तयारी स्वरुप पीएनजीसँग दुई ओडीआई खेल्न लागेको हो ।

आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवले ओडीआईमा डेब्यु गरेका छन् । आसिफले डेब्युमै विकेटकिपङ सम्हालेका छन् । विनोद भण्डारी र करण केसीलाई खेलाएको छैन ।

नेपालको टोली

ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..