प्रदेश सभा सदस्य चौधरीले सोमबार दिउँसो लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीले जनाएको छ ।
चौधरीले लोसपा रोजेपछि प्रदेशसभामा जसपाको तर्फबाट एक जना सदस्य मालामतीकुमारी राना मात्र रहेका छन् ।
गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा ठाकुर समूहलाई साथ दिदै आएकी थिइन् । तर पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन् ।
जसपा र एमाले विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभामा ६ दल बनेका छन् ।
१४ सांसदसहित एकीकृत समाजवादी पार्टी पहिलो, १३ सांसद भएको माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो दलको रुपमा छ ।

