अमेरिकाको बाढीमा तीन नेपालीको मृत्यु भएको पुष्टि

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

अमेरिकाको न्युयोर्कमा समुद्री आँधी हुर्रिकेनपछि आएको बाढीमा परी तीन नेपालीको मृत्यु भएको छ । न्युयोर्कको क्विन्स सहरमा बस्नै एकै परिवारका तीनजना नेपालीको मृत्यु भएको न्युयोर्क पोष्टले बताएको छ ।

समाचारमा उल्लेख गरिएअनुसार दुई वर्षीय बालक लोबसाङ लामा, उनका ४८ वर्षीया आमा मिङ्मा शेर्पा र ५० वर्षीय बाबु आङ गेलु लामाको मृत्यु भएको हो ।

बिहीबार आएको बाढी उनीहरुको अपार्टमेन्टमा छिरेपछि उनीहरु थुनिएका थिए । उनीहरुको छिमेकी डेबोराह टोरेसले भनिन्, ‘उनीहरु बाहिर निस्किनु असम्भव जस्तै थियो किनकी बाढी मेरो घुँडासम्म आइपुगेको थियो जबकी म दोस्रो तलामा थिएँ । अब तल्लो तलामा के भयो होला, तपाईं आफैं सोच्न सक्नुहुन्छ ।’

‘आफ्नो अपार्टमेन्टमा पानी आएसँगै उनीहरुले घरमालिकलाई सहयोगका लागि आग्रह गरेका थिए । तर, त्यसको केही मिनेटमा नै उनीहरुको फ्लोर पानीले भरिइसकेको थियो’, उनले भनिन् ।

घर मालिकले उनीहरुलाई केही समयपछि बाहिर निस्किन भन्दै बोलाए तर उनीहरुबाट कुनै जवाफ आएन । साढे तीन बजेतिर उद्धारकर्ताले उनीहरुको शव निकालेका थिए ।

लोबसाङकी शिक्षिका मार्था सुआरेजले भनिन्, ‘उनीहरुको परिवार साँच्चै मायालाग्दो थियो । ऊ एउटा सुखी बच्चा थियो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..