प्रधानमन्त्रीले सुरु गरे ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसको अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गरेका छन् । काठमाडौं महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपेर अभियान शुभारम्भ गरिएको हो ।

विष्णुमती करिडोर अन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा कपुर, समी, क्यालेण्ड्रा, टिकोमा, करविर र बगमवेली बिरुवा रोपिएको छ ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।

निजामती सेवा दिवसकै सन्दर्भमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्न आग्रह गरेको छ ।

निजामती सेवा दिवस भदौ २२ गते मनाइन्छ । निजामती सेवा दिवसको आगामी पाँच वर्ष (२०७८–२०८२) को नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..