रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक जारी

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ७, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

१४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बसिरहेको छ ।

काठमाडौंको एक होटलमा जारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरु शेखर कोइराला, अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी छन् ।

एक नेताले भने, ‘आगामी महाधिवेशनबारे छलफल गर्न बसेका छौं । छलफलको क्रममा साझा उम्मेदवार बनाउने विषयमा पनि छलफल हुन सक्छ ।’

नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी विवाद पेचिलो बन्दा आसन्न १४ औं महाधिवेशनको कार्यतालिका पटक-पटक संशोधन गरिएको छ । पछिल्लोपटक कांग्रेसले मंसिर ९-१३ सम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।

महाधिवेशनका लागि भृकुटीमण्डप र राष्ट्रियसभा गृह बुक गरिएको छ । तर, क्रियाशील सदस्यताको विवाद समाधान गर्ने जिम्मा पाएको तीन सदस्यीय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..