क्रियाशील सदस्यता विवाद टुंगियो, आज बुझाउँछौं : लेखक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ६, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसका नेता रमेश लेखकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएका छन् । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिमा रहेका नेता लेखकले आइतबार सभापतिलाई सहमतिको प्रतिवेदन बुझाउने बताए ।

कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र लेखकलाई क्रियाशील सदस्यतासम्बन्धि विवाद मिलाउने जिम्मा दिएको थियो ।

‘हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं । आइतबार (आज) अन्तिम रुप दिएर प्रतिवेदन बुझाउँछौं,’ उनले अनलाइनखबरसँग भने, ‘म संयोजक रहेको समितिले धेरै विषयमा पहिला नै टुंगो लगाइसकेको थियो । केही विषय पार्टीलाई निर्णय गर्न भनिएको थियो । त्यसमा पनि हामीहरुले सहमति गरेका छौं । सबै कुरा टुंगियो भनेर बुझ्नुस् ।’

क्रियाशील सदस्यतामा भएको सहमतिबारे तीन नेताले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका थिए । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र पौडेललाई सहमतिको प्रतिवेदनबारे जानकारी गराइएको एक नेताले बताए ।

वरिष्ठ नेता पौडेलले महाधिवेशनको कार्यतालिका प्रभावित नहुने गरी क्रियाशील सदस्यता टुंग्याउने काम भइरहेको बताए । ‘उहाँहरुले अहिलेसम्म भएका कामका बारेमा जानकारी दिनुभयो । सदस्यताको काम लगभग अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सबै प्रक्रिया पूरा गरेर प्रतिवेदन बुझाउनुहुन्छ । कार्यतालिका अनुसार नै महाधिवेशन हुन्छ ।’ मंसिर ९–१३ सम्म १४ औं महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिवेशन सुरु हुँदैछ ।

नेताहरुबीच टाढाको जिल्लाको क्रियाशील सदस्यता सूची तत्कालै पठाउने सहमति समेत भएको छ । कांग्रेसले भदौ २ सम्म सहमति गरी भदौ ३ गते सभापतिलाई प्रतिवेदन बुझाउने गरी सदस्यता विवाद टुंग्याउन तीन नेतालाई जिम्मा दिएको थियो । तर नेताहरुले ढिलो गरी सहमतिमा पुगेका हुन् ।

लेखक संयोजक रहेको समितिले साउन १२ गते सभापति देउवालाई क्रियाशील सदस्यतासम्बन्धी अन्तिम प्रतिवेदन बुझाएको थियो । समितिले देशभरका १५० भन्दा बढि वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यबाट अधिवेशन गर्ने सहमति गरेको थियो भने बारा, सप्तरीसहित १३ निर्वाचन क्षेत्रको विवाद सुल्झाउने जिम्मा पार्टीलाई दिएको थियो । क्रियाशील सदस्यता समयमै नटुंगिदा कांग्रेसले भदौ १६–१९ का लागि तोकेको महाधिवेशन हुन नसक्ने भएपछि मंसिरमा नयाँ मिति तोकेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..