महामारीकाबीच ‘क’ वर्गका बैंकले कमाए ६३ अर्ब, नबिल पहिलो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र १, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

गत आर्थिक वर्ष २०७७/७८ मा ‘क’ वर्गका बैंकहरुले ६३ अर्ब रुपैयाँ भन्दा धेरै खुद मूनाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् ।

यो अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा आर्जन गरेका थिए ।

कोरोना महामारीकाबीच पनि अधिकांश बैंकहरुको मूनाफामा राम्रो वृद्धि देखिएको छ । अधिकांश बैंकहरुको मूनाफा बढेको छ भने केही बैंकहरुको मात्रै मूनाफामा गिरावट आएको छ ।

गत वर्षको मूनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिलले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आइएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको मूनाफा २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँबाट बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको मूनफामा भने गिरावट आएको छ । मूनाफा घट्दा यो बैंक तेस्रो नम्बरमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको यस बैंकले गत आर्थिक वर्ष भने ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँमात्रै कमाएको छ ।

मूनाफाका आधारमा चौथो नम्बरमा देखिएको कृषि विकास बैंकले ३ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ ।

उता पाँचौ नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ मूनाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..