केन्द्रमा केपी ओलीले जस्तै प्रदेशमा शंकर पोखरेलले पनि संसदबाट भागेर अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक काम गरेकाले लोकतन्त्र र संसदीय पद्दतिलाई सही ट्रयाकमा ल्याउन पनि प्रदेशसभाबाट नयाँ बजेट ल्याइने केसीले बताए ।
सरकारले तत्कालै नियमित अधिवेशन बोलाएर विश्वासको मत लिने मुख्यमन्त्री केसीले बताए । ‘छिटै नियमित अधिवेशन बोलाउँछौं, त्यसमा नियमित विधेयकहरु ल्याउँछौं र सँगै विश्वासको मत पनि लिन्छौं,’ उनले भने ।
माओवादी केन्द्रका नेता केसी बिहीबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले सात सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।