भारतमा कोरोनाका नयाँ संक्रमित १४७ दिनयताकै कम

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या २८ हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार दैनिक नयाँ संक्रमितको यो संख्या १४७ दिनयताकै कम हो ।

पछिल्लो २४ घण्टामा भारतमा १५ लाख ११ हजारभन्दा धेरै नमुनाको कोरोना परीक्षण गरिएको थियो । यो अवधिमा कोरोना संक्रमणको कारण ३७३ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या चार लाख २८ हजार ६८२ पुगेको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि तीन लाख ८८ हजारमा झरेको छ । अहिलेसम्म भारतमा ५१ करोड ४५ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..