एसिड बेच्नेलाई सजाय नगरेकामा पीडितको आपत्ति

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

आफ्नै श्रीमानबाट एसिड आक्रमणमा परेकी जनकपुरधामकी आरती साह एसिड बेच्नेलाई अदालतले सफाइ दिएपछि आक्रोशित बनेकी छन् ।

जिल्ला अदालत धनुषाले उनीमाथि एसिड खन्याउने उनकै श्रीमान सञ्जीव साहलाई दोषी ठहर गरेको छ भने एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको छ ।

सोमबार न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीबलाई दोषी ठहर र एसिड बेच्ने नागेन्द्र साहलाई सफाइ दिएको हो । सञ्जीवमाथि सजाय निर्धारण भने बाँकी नै छ ।

अदालतको फैसलाविरुद्ध आरतीले मंगलबार अदालत पुगेर आपत्ति जनाएकी हुन् । एसिड बेच्ने नागेन्द्रलाई किन सफाइ दिएको भनेर उनले अदालतमै आक्रोश पोखेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

‘अदालतमा हल्ला गर्न पाइँदैन भनेर उनलाई प्रहरी कार्यालय लिएर आएका हौं’ धनुषाका डीएसपी जितेन्द्र बस्नेतले भने । आरतीलाई सम्झाई बुझाई छाडिदिने बस्नेतले बताए ।

अदालतले एसिड बेच्नेलाई सफाइ दिएको खबर पाएलगत्तै आरती आक्रोशित बनेकी छन् । उनले वकिलले पैसा खाएर एसिड बेच्नेलाई सफाइ दिन लगाएको आरोप लगाएकी छन् ।

आरतीमाथि एसिड खन्याएकै दिन पक्राउ परेका श्रीमान सञ्जीवबिरुद्व सरकारी वकिलको कार्यालयले अदालतमा १५ वर्ष ६ महिना कैद सजायको माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।

२०७७ कात्तिक २९ गते दिपावलीको दिन जनकपुरधाम उपमहानगरपालिका–७ स्थित ससुरालीमा गएर सञ्जीवले श्रीमती आरती साह र छोरी रियामाथि एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..