तिब्बतमा चीनले बनायो अहिलेसम्मकै ठूलो विमानस्थल टर्मिनल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २६, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

दक्षिण एसियाली मुलुकहरुसँग कनेक्टिभिटी बढाउने उद्देश्यले चीनले ल्हासामा रहेको गोगंगर विमानस्थलमा अहिलेसम्मकै सबैभन्दा ठूलो टर्मिनल शनिबारबाट संचालनमा ल्याएको छ ।

सो एयरपोर्टमा निर्माण गरिएको टर्मिनल-३ लाई तिब्बतकै सबैभन्दा ठूलो टर्मिनलको रुपमा लिइएको छ । चीनको सरकार संचारमाध्यम ग्लोवल टाइम्सका अनुसार तिब्बत र दक्षिण एसियाली मुुलुकहरुको बीचमा कनेक्टिभिटी स्थापनाको लागि सो टर्मिनलले महत्वपूर्ण भूमिका खेल्ने छ ।

यात्रु र कार्गाेको दुवै वृद्धि गर्न यसले भूमिका खेल्ने र दक्षिण एसियाकै हब हुने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

नयाँ टर्मिनलसँगै विमानस्थल ९० लाख र ८० हजार मेटि्रक टन कार्गाे व्यवस्थापन गर्न सक्षम हुनेछ । सो विमानस्थलको निर्माण कार्य तीन वर्ष अगाडि भएको थियो ।

पछिल्लो पटक दक्षिण एसियाली मुलुकहरुसँग सहकार्य गर्ने उद्देेश्यका साथ चीनले तिव्बतमा विभिन्न भौतिक पूर्वाधारहरु निर्माण गर्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..