पौडेल पक्षीय केन्द्रीय समिति बैठक महाराजगञ्जमा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २५, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको केन्द्रीय समिति बैठक सुरु भएको छ । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षीय केन्द्रीय समिति बैठक सुरु भएको हो ।

पार्टी महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएपछि पौडेल समूह आन्तरिक छलफलमा जुटेको हो । पार्टी नेतृत्वको असफलताका कारण महाधिवेशन हुन नसकेको वरिष्ठ नेता पौडेलको आरोप छ ।

सोमबार बिहान जिल्ला सभापति भेला गरेको पौडेल समूह अहिले आफूनिकट केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यसँग पार्टी महाधिवेशनका बारेमा छलफलमा जुटेको हो ।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी छन् ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको हो । भदौ १६–१९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका प्रभावित भइसकेको छ । तर कांग्रेसले महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छैन । महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक भदौ २८ गते बोलाइएको छ ।

नेता पौडेलले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्, तर उनको प्रस्ताव सभापति शेरबहादुर देउवाले अस्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..