भेरोसेल खोपको दोस्रो डोज लगाउने अभियान देशभर सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण २२, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज पाउने भएका छन् ।

भेरोसेलको पहिलो डोज खोप लगाएर २१ दिन पूरा भएकाहरुलाई देशैभर दोस्रो डोज खोप लगाउन लागिएको हो । दोस्रो मात्राको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

काठमाडौंका सबै पालिकामा खोप केन्द्र तोकिएको छ । आफूलाई पायक पर्ने केन्द्रमा गएर दोस्रो डोज खोप लगाउन सकिने छ । दोस्रो डोज खोप लगाउन आउने नागरिकले अनिवार्य रुपमा पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय (अनलाइन फारम) दर्ता नम्बर ल्याउनु पर्ने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताए ।

डा. खड्काका अनुसार असार २९ गते यता भेरोसेलको पहिलो खोप लगाएका नागरिक १ लाख ६५ हजार छन् ।

असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज दिनुपर्छ ।

यसअघि स्वास्थ्य मन्त्रालयले साउन २२ गतेदेखि दोस्रो डोज लगाउने अभियान सन्चालन गर्न ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेको थियो ।

हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले स्वास्थ्य मन्त्रालयको वेभसाइटमा गएर अनिवार्य आफ्नो विवरण इन्ट्री गर्नुपर्ने छ । सोको आधारमा मात्र लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गर्न मन्त्रालयले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

एक किलो सुनसहित तीन पक्राउ

एक किलो सुनसहित तीन पक्राउ

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन..