भालुपहाडमा पहिरोः सिद्धार्थ राजमार्ग अवरुद्ध,

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ३०, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

स्याङ्जा- स्याङ्जाको भालुपहाडमा गएको पहिरोको कारण सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । गएरातीदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीको भनाई छ ।

राति २ बजे ठुलो चट्टानसहित आएको पहिरोको कारण राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमै अलपत्र परेका छन् । सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो ।

अहिले जिल्ला प्रहरी, जिल्ला ट्राफिक, स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको भइरहेको छ ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ । राजमार्ग अन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जा भित्र मात्र दर्जन भन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ,

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..