कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धन प्रदेश प्रमुखसमक्ष जाँदै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — गण्डकीमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको आह्वान गरेपछि विपक्षी गठबन्धन आजै बहुमत दावी गर्न जाने भएको छ ।
विपक्षी गठबन्धनका एक नेताले जानकारी दिएअनुसार नेपाली कांग्रेसको प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै ५ बजे गठबन्धन प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष उपस्थित हुन लागेको हो ।

युवा तथा खेलकुद मन्त्रीबाट राजीनामा दिएका दीपक मनाङेले विपक्षी गठबन्धनलाई समर्थन गरेपछि आफ्नो पक्षमा ३१ सांसद्‍को स्पष्ट बहुमत भएको पनि उनले बताए । ‘हामी सशरीर सबै सांसद उपस्थित हुनेछौं,’ उनले भने । ६० सदस्यीय प्रदेश सभामा बहुमत पुग्नलाई ३१ सांसद्को समर्थन आवश्यक पर्छ । नेपालीको पक्षमा बहुमत पुगेको खण्डमा उनी आजै मुख्यमन्त्री नियुक्त हुनेछन् । प्रदेश प्रमुखले बहुमतसहित सरकार गठन दावीका लागि भोलि २९ गतेसम्मको समय दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..