धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

धनुषा — धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा डुबेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर ५ जना बालिकाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र यादवको १० वर्षीया छोरी चन्द्र कुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उतिम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी बहेडा बेलाका इन्चार्ज प्रहरी सहायक निरीक्षाक लोकनारायण श्रेष्ठले पहिले एक जना डुबेको र उनलाई बचाउन जाँदा अरु डुबेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..