सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक,

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २८, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन् । शुक्रबार दिउँसो २ बजे संसद भवनको ल्होत्से हलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक सापकोटाले छलफल गर्न लागेका हुन्

सभामुखको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू र संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीलाई बोलाएको विषयमा अनविज्ञता प्रकट गर्यो । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीसँग भने, ‘उतै (सभामुखलाई) सोध्नुस् न । पत्र कहाँ पठाउनु भएको छ ? थाहा छैन । हामीलाई जानकारी छैन ।  जानकारी नै नभएको ठाउँमा प्रधानमन्त्री ज्यू जानुहुन्छ होला र ?राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठमा दोस्रो पटक  प्रतिनिधि सभा विघटन  भएपछि सभामुख सापकोटाले यसअघि  पूर्वसभामुखहरु, कानुन व्यवसायीसँग छुट्टाछुट्टै परामर्श गरेका थिए ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा असाधारण कदम चाल्ने बताएका सापकोटाले छलफल र परामर्शमा जोड दिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..