पाथीभरा जाने बाटो कालोपत्रे, ९५ करोडको ठेक्का

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २६, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ताप्लेजुङको सुकेटार देखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म कालोपत्रे हुने भएको छ । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कालोपत्रे गर्ने ठेक्का निकालेर पछि कालोपत्रे गर्ने निश्चित भएको हो ।

मन्त्रालयले पाथीभरा क्षेत्रको लागि ९५ करोडको ठेक्का निकालेको हो । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको घर सुकेपोखरी छातेढुगा, ईवा, ह्वाकु, चोकपुर हुँदै जननेता मदन भण्डारीको जन्म घरसम्म जोड्ने सडक खण्ड कालो पत्रे गर्नका लागि ७० करोडको करोडको ठेक्का आह्वान भएको छ ।

यता  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत पर्यटन विभागमार्फत पाथिभरा क्षेत्रमा पाथीभरा क्षेत्रमा सतहल निर्माणको लागी दुई करोड तेतिस लाखको टेण्डर स्वीकृत भइ ठेक्का सम्झौता गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..