मुख्यमन्त्री भट्टलाई एमालेका ७ जना सांसदले दिएनन् विश्वासको मत

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ २५, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत प्रदान गर्न नेकपा एमाले संसदीय दलले गरेको निर्णयको ओली पक्षधर ७ जना सांसदले उल्लंघन गरेका छन् ।

सांसदहरु रतन थापा, नेपालु चौधरी, लीलाधर भट्ट, पठानसिंह बोहरा, माया तामाङ, बलदेव रेग्मी र ग्याल्बोसिंह बोहराले विपक्षमा मतदान गरेको प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन् । ‘उहाँहरुले संसदीय दलको ह्विप उल्लंघन गर्नुभयो,’ प्रमुख सचेतक कामीले भनिन् ।

नेकपा एमाले पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन गरेको थियो भने संसदीय दलले पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । विपक्षमा मतदान गर्ने सांसदहरुले पार्टीको निर्देशनको पालना गरेको बताएका छन् ।

सभामुखसहित ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टले ३० मत प्राप्त गरेका छन् । विश्वासको मत पाउन २७ सदस्य भए पुग्थ्यो । एमाले १७ जना र मुख्यमन्त्री भट्टको आफ्नै दल माओवादी केन्द्रका १३ गरी ३० मत प्राप्त गरेका हुन् । विपक्षमा ९ मत परेको छ । विपक्षमा मतदान गर्नेमा एमालेका ७ र जसपाका २ जना सांसदहरु हुन् ।

कांग्रेसका १२ जना सांसद मतदानमा सहभागी भएनन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..