६ हजार ८५५ मा कोरोना संक्रमण पुष्टि, ९ हजार ८४१ जना निको

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १४, शुक्रबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — २४ घण्टामा देशभर ६ हजार ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ ।

यस्तै, ९ हजार ८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख २८ हजार ६७० पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ पुगेको छ । क्वारेन्टाइनमा ८०९ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ९६ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..