उपत्यकाका जिल्ला कोभिड व्यवस्थापन समितिको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याउनेबारे छलफल हुने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ११, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — उपत्यकाका तीनवटै जिल्ला कोभिड व्यवस्थापन समितिको संयुक्त बैठक केहीबेरमा बस्दैछ । यो बैठकमा उपत्यकामा वैशाख २६ देखि जारी गरिएको निषेधाज्ञा लम्ब्याउने विषयमा छलफल हुने काठमाडौं समितिका एक सदस्यले बताए ।

समिति बैठकले निषेधाज्ञा कति समय लम्ब्याउने भन्ने विषयमा सिफारिस गरेपछि यसकै आधारमा आजै वा भोलि बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गर्ने बताइएको छ ।

ती सदस्यले यसपटक एक साताका लागि झन् कडा निषेधाज्ञा थप्नेबारे छलफल हुने बताए । ‘अवधि कति हुन्छ अहिले टुंगो छैन । एक साता वा बढी पनि हुनसक्छ तर अहिलेको भन्दा पनि कडा निषेधाज्ञाको सिफारिस हुने सम्भावना छ,’ उनले भने ।

हालै जारी गरिएको कोभिड संकट व्यवस्थापन अध्यादेशका प्रावधानहरु लागू हुनेगरी निषेधाज्ञा थप गरिने पनि उनले बताए । प्रशासनले वैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञाको अवधि जेठ १३ गते सकिदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..