केही नेताको विभाजनकारी सोचले नेकपा एकीकरण निष्कर्षमा पुग्न सकेन : ओली

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ ३, सोमबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा सोमबार वक्तव्य जारी गर्दै ओलीले नेकपालाई स्थापित गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने प्रयास सफल हुन नदिइएको जनाएका छन् ।

‘तीन वर्षअगाडि आजैका दिन हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकीकरण गरेका थियौं । यो विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने, राष्ट्रियता, सामाजिक आर्थिक रूपान्तरण र समाजवाद निर्माणको मुख्य संवाहकका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई स्थापित गर्ने र यसलाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको च्याम्पियन बनाउने हाम्रो इमानदार प्रयास थियो,’ वक्तव्यमा भनिएको छ, ‘तर कतिपय नेताहरूका विभाजनकारी, अस्थिर र अवसरवादी सोच तथा क्रियाकलापका कारण एकीकरणको अभियान निष्कर्षमा पुग्न सकेन ।’

तर उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै एमाले नयाँ स्वरूपमा पुनःस्थापित भएको दाबी पनि ओलीले गरेका छन् । ‘आज नेकपा (एमाले) उक्त एकीकरणको बिरासतलाई अगाडि बढाउँदै नयाँ स्वरूपमा पुनःस्थापित भएको छ,’ वक्तव्यमा छ, ‘हामी कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने यस अभियानमा निरन्तर लागिरहन कृतः सङ्कल्पित छौं ।’

मदन भण्डारीले राष्ट्र तथा नेपाली जनताका लागि पुर्‍याएका योगदान दूरगामी महत्त्वको र अतुलनीय रहेको भनी स्मरण ओलीले गरेका छन् । उनले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् ।

तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा मृत्यु भएको थियो । यस दिनलाई एमालेले मदन–आश्रित स्मृति दिवसका रूपमा मनाउँदै आएको छ । यही दिवसको अवसर पारेर ०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गरेका थिए । तर ०७७ फागुन २३ को सर्वोच्चको फैसलाले उक्त एकता बदर गरिदिएपछि दुवै पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..