अहिले नेपाललगायतका मुलुकलाई पनि आपत्कालीन सहयोग चाहिएको छ : डब्लूएचओ

द्वारा प्रकाशित गरिएको हो |
२०७८ जेष्ठ १, शनिबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

बालबालिका र किशोरकिशोरीलाई भन्दा पहिले जोखिम रहेकालाई खोप लगाऔँ : महानिर्देशक गेहब्रेयसस

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भइरहेकाले नेपाललाई आपत्कालीन सहयोग चाहिएको बताएको छ ।

शुक्रबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससले पछिल्लो समय भारतका साथै नेपाल, श्रीलंका, भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टलगायतका मुलुकमा पनि कोरोना संक्रमण तीव्र बनेपछि समस्या उत्पन्न भएको बताएका हुन् । उनले यी मुलुकमा पछिल्लो समय संक्रमण बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको बताएका छन् ।

उनले पछिल्लो समय डब्लूएचओले भारतमा अक्सिजन कन्सनट्रेटर, घुम्ती अस्थायी अस्पताल निर्माणका लागि टेन्टलगायतका स्वास्थ्य सामग्री पठाएको पनि जानकारी दिएका छन् ।

केही अमेरिकी मुलुकमा अझै पनि कोरोना संक्रमण उच्च रहेको निर्देशक गेहब्रेयससको भनाइ छ । गत हप्ता कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये ४० प्रतिश अमेरिकी क्षेत्रका रहेको उनले बताए ।

कोरोना भाइरसले अहिलेसम्म ३३ लाखभन्दा बढीले ज्यान गुमाइसकेको उल्लेख गर्दै उनले पहिलोभन्दा दोस्रो लहर झन घातक रहेको बताए ।

संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । यही हप्ता विश्वका केही सरकारप्रमुख र खोप निर्माता कम्पनीले यस समस्यालाई सम्बोधन गर्ने काम सुरु गरेको उल्लेख गर्दै त्यसले आफू खुसी भएको पनि उनले बताए ।

महानिर्देशक गेहब्रेयससले केही धनी मुलुकले खोपको धेरै मात्रा किनेको र न्यून जोखिममा रेहका समूहलाई खोप लगाइरहेको बताए । केही मुलुकले बालबालिका र किशोरकिशोरीलाई खोप लगाइरहेको उल्लेख गर्दै उनले यसलाई पुनर्विचार गरी त्यो खोप विश्वव्यापी खोप परियोजना ‘कोभ्याक्स’ लाई दिन पनि अनुरोध गरेका छन् ।

न्यून आय र मध्यम आय भएका मुलुकहरुमा अहिले पनि खोप आपूर्ति सहज नभएको उनको भनाइ छ । अहिले पनि ती मुलुकहरुमा कोरोना संक्रमितको जीवन बचाउन रातदिन खटिरहेका स्वास्थ्यकर्मीले खोप लगाउन नपाएको उनले बताए । अहिलेसम्म न्यून आय भएका मुलुकमा ०.३ प्रतिशत मात्रै खोप आपूर्ति भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..