विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भए पनि विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलले बहुमतको सरकार बनाउन नसकेपछि ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुन ओली नै प्रधानमन्त्री नियुक्त भएका छन् ।
एमालेको माधव नेपाल पक्षले आफूहरु राजीनामा दिएर बहुमतको सरकार बनाउन सहज बनाइदिने आश्वासन दिएको कांग्रेस र माओवादीका कतिपय नेताले बताएका छन् । तर अन्तिम समयमा राजीनामा नदिएपछि बहुमतको सरकार बन्ने सम्भावना टरेको थियो ।

