बुढानिलकण्ठमा देउवा-दाहाल भेटवार्ता

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३०, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमाको अन्तिम दिन बिहीबार बिहानैदेखि राजनीतिक दौडधूप र भेटवार्ता जारी छन् । केहीबेर अघिमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन् ।

कांग्रेस र माओवादी देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्यमा छन् । बिहीबार राति नौ बजेसम्म गठबन्धन सरकारका लागि दाबी पेश नगरे संसदमा ठूलो दलका नेतालाई प्रधानमन्त्री बनाउने विकल्प खुला हुने भएकाले देउवा र दाहाल गठबन्धन निर्माणको निर्णायक कोशिषमा छन् । आजै मात्र आफ्नै निवास पुगेका जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोसँग देउवाले छलफल गरेका थिए ।

तर, जसपाको सहयोग र एमालेको खनाल नेपाल समूहले आफ्नो स्थिति स्पष्ट नपार्दा विपक्षी गठबन्धनको पक्षमा बहुमतको अंक अझै सुनिश्चत भएको छैन ।

देउवाले भावी गठबन्धन निर्माणबारे छलफलका लागि आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएक छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..