
३० वैशाख, काठमाडौँ । बाँकेका विभिन्न अस्पतालमा उपचाररत १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार ४ बजे दिउँसोदेखि बिहीबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये ६ जना बाँके, २/२ जना बर्दिया र दाङका छन् ।
भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगर-१ की ४३ वर्षीया महिलाको बुधबार दिउँसो ४: ४५ बजे र बाँकेकै नेपालगन्ज उपमहानगर १२ की २९ वर्षीया महिलाको बिहीबार विहान ८ बजे भेरी अस्पताल ल्याइ पुर्याए लगत्तै मृत्यु भएको छ । एन्टीजेनबाट कोरोना पोजिटीभ देखाएका उनलाई सोही दिन नारी आइसोलेशन सेन्टरमा राखिएको थियो ।