नयाँ सरकार गठनबारे आन्तरिक छलफलमा जसपा

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २९, बुधबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — नयाँ सरकार गठन र पार्टीको भूमिकाबारे जनता समाजवादी पार्टी (जसपा)आन्तरिक छलफलमा जुटेको छ । सरकार गठनका लागि एक दिन समय बाँकी रहेको अवस्थामा प्रतिनिधिसभाको चौथो ठूलो र निर्णायक दल जसपाका शीर्ष नेताहरू आपसी विवादका बीच आन्तरिक छलफलमा जुटेका हुन् ।

जसपाका शीर्ष नेताहरू बुधबार दिउँसो छलफलका लागि पार्टी कार्यालय बालकुमारीमा जम्मा भएका छन् । अध्यक्ष महन्थ ठाकुरनिकट स्रोतका अनुसार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई भेटेर बालकुमारी पुगेका हुन् । प्रधानमन्त्रीसँग लामो छलफलपछि उनीहरू बालुकमारी पुगेर अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायत शीर्ष नेता छलफलमा जुटेका हुन् ।

‘सरकार गठनबारे जसपामा थप केही निर्णय भइसकेको छैन । अहिले भेटघाट हुन लागेको छ,’ अध्यक्ष उपेन्द्र यादवले कान्तिपुरसँग भने ।

सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा रहेका छन् । उनले माओवादी केन्द्र, एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षसँग निरन्तर छलफल गरिरहेका छन् । जसपाको ठाकुर पक्षले भने ओलीको विकल्प खोज्न नसकिने भनेर देउवासँग छलफलमा चासो देखाएको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..