अक्सिजन अभावले नयाँ बिरामी भर्ना लिन पछि हट्दै काठमाडौंका अस्पताल

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २८, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको अभाव भएपछि अस्पतालहरुले धमाधम नयाँ बिरामीको उपचार गर्न नसकिने बताउन थालेका छन् ।

मंगलबार काठमाडौंको जोरपाटीस्थित केएमसी अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएकोले अस्पतालमा अक्सिजन अपुग हुने बताएको छ । अस्पतालले एक विज्ञप्तिमार्पत बिरामीहरुलाई आफ्नो व्यवस्था गर्नका लागि सजग गराएको छ । अक्सिजन अभावकै कारण बिरामीहरुलाई डिस्चार्ज गर्न लागिएको र सम्बन्धित निकायहरुमा खबर पुर्‍याइएको पनि अस्पतालले जनाएको छ

यस्तै, ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले पनि कोभिड र नन कोभिड बिरामीको उपचारमा प्रतिदिन ४५० देखि ५०० सिलिण्डर अक्सिजन चाहिनेमा सरकारबाट जम्मा १०० सिलिण्डर प्राप्त भएको जनाएको छ । मेडिसिटीले अक्सिजन अभाव भएपछि नयाँ बिरामी भर्ना लिन नसकिने जनाएकाे छ । अस्पतालले स्वास्थ्य मन्त्रालय,सिसएमसी, सम्बन्धित निकायहरुलाई अक्सिजनको सहज आपूर्ति मिलाउन अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..