काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । शनिबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेको छ । दुई दिनअघि मात्रै पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकमा मन्त्रालयका नियमित एजेन्डा र कोरोना संक्रमण रोकथाम र नियन्त्रणसम्बन्धी केही निर्णय लिइएका थिए ।
सोमबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् । त्यसका लागि उनले राजनीतिक दलहरूसँग छलफल गरिरहेका छन् । विश्वासको मत लिनुपहिले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।
जनता समाजवादी पार्टीले उठाएका मुद्दा मन्त्रिपरिषद्बाट सम्बोधन गर्न र उसलाई आफ्नो पक्षमा पार्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हुनसक्ने अनुमान पनि गरिएको छ ।

