जित सुनिश्चित भएपछि थापालाई राष्ट्रिय सभाकाे उम्मेदवार घाेषणा गर्ने एमालेको निर्णय

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

काठमाडौँ — एमालेले राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि जित सुनिश्चित भएपछि उम्मेदवार घाेषणा गर्ने भएको छ । स्थायी कमिटीकाे बिहीबारको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारकाे जितका आधारबारे छलफल गरेको थियाे ।

गृहमन्त्री रामहादुर थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियाे ।

एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारकाे जित सुनिश्चितता हुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि उम्मेदवारी घाेषणा गर्ने निर्णय भएको बताए । ‘राष्ट्रिय सभा उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ । मतदातासँग कुराकानी पछि उम्मेदवार घाेषणा गर्ने निर्णय भएको छ,’ उनले भने ।

वाग्मती प्रदेशकाे राष्ट्रिय सभा रिक्त पदमा कांग्रेस, माओवादी, एमालेकाे माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीकाे उपेन्द्र यादव समूहले भने खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्रीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत माग्ने विषयमा पनि स्थायी कमिटीमा छलफल भएको ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..