सरकारले स्थानीय तहलाई भन्योः दैनिक गाउँटोल निःसंक्रमण गर

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २३, बिहीबार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

२३ वैशाख, काठमाडौं । केन्द्र सरकारले स्थानीय तहले गाउँटोल निःसंक्रमण गर्नुपर्ने गरी कार्ययोजना निर्माण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको कोभिड नियन्त्रण सम्बन्धी कार्ययोजना अनुसार हरेक स्थानीय तहले आ–आफ्नो गाउँटोल निःसंक्रमण गर्नुपर्ने उल्लेख गरेको छ ।

कार्ययोजना अनुसार २३ वैशाखदेखि नै स्थानीय तहले दैनिक आफ्नो गाउँटोल निःसंक्रमण गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यसको समन्वयको जिम्मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ ।

कोरोना संक्रमणको महामारी समुदाय स्तरमा फैलिइसकेकाले यसको रोकथामका लागि सरकारले दैनिक निःसंक्रमण सहितको कार्ययोजना सार्वजनिक गरेको हो । तर केन्द्रले निःसंक्रमण कसरी गर्नेभन्ने विषयमा भने कुनै उल्लेख गरेको छैन ।

गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले केन्द्रले जारी गरेको कार्ययोजना हेरेपछि मात्रै केन्द्रले भनेअनुसार अघि बढ्ने र त्यतिबेलासम्म हरेक स्थानीय तहले आफ्नै ढंगले कोरोना रोकथामको प्रयास जारी राख्ने जानकारी दिए ।

उनले यस विषयमा आफूहरुसँग छलफल नभएको भए पनि महामारीको समयमा सबै कुरा छलफल गर्न सम्भव नभएकोले सरकारको यो निर्देशन गाउँपालिकाहरुले स्वीकार गर्दै कोरोना नियन्त्रणमा केन्द्र सरकारको पहललाई सहयोग गर्ने बताए ।

कार्यविधिमा संघ अन्तर्गत्का निकायहरू एवं स्थानीय तहलाई विभिन्न जिम्मेवारी तोकिएको भएपनि प्रदेशको जिम्मेवारीबारे भ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..