अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी छु : अमिक शेरचन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख २१, मंगलवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

कास्की — गण्डकीका पूर्व प्रदेशप्रमुख अमिक शेरचनले नेपालको राजनीति निरंकुशतातिर धकेलिएको बताएका छन् । सोमबार मात्र पदमुक्त भएका शेरचनले आफूलाई जानकारीबिनै हटाइएको र यसबाट मिडियामार्फत थाहा पाएको जनाए ।

‘पहिल्यै भनेको भए मैले राजीनामा दिन्थेँ,’ पोखरामा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले भने, ‘म नमान्दा–नमान्दै थामिएको पद थियो । रहरले भन्दा पनि बाध्यताले आएको थिएँ । संसद् विघटन हुने बेला नै राजीनामा दिने तयारी गरेँ । प्रचण्डले रोकेका कारण दिएको थिइनँ । अहिले आफैं हटाइयो ।’

उनले राजनीतिमा ६२ वर्ष बिताएको जनाउँदै आफूलाई कुनै पनि पदको लोभ नभएको बताए । अबका दिनमा खुला राजनीतिमा सक्रिय रहने भन्दै उनले आफूले पदीय मान्यता विपरीत कार्य नगरेको दाबी गरे । ‘पहिला ओलीजीले प्रस्ताव गर्दा अस्वीकार गरेँ,’ उनले भने, ‘प्रचण्डजीले पनि भन्नुभयो । तर पछि पार्टीले निर्णय सुनाएपछि अनुशासित कार्यकर्ताका रूपमा पद स्वीकार गरेको हुँ ।

’पदबाट हटाइएकोमा उनले ‘अधिकारविहीन खुला जेलबाट मुक्त हुन पाउँदा खुसी रहेको’ भनी प्रतिक्रिया दिए । विशेष अधिवेशन आह्वान गरेपछि प्रदेशसभा स्थगित भएको भन्दै उनले सर्वदलीय बैठक बोलाएर छलफल चलाउने तयारी गर्दैगर्दा आफू छाडेर जानुपरेको बताए ।

शेरचनलाई राष्ट्रपति भण्डारीले सोमबार साँझ पदमुक्त गरेकी थिइन् । उनको ठाउँमा एमाले नेत्री सीता पौडेल आएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..