दुई सांसदले शंकर पोखरेलको साथ छोडे

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख १९, आईतवार प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

१९ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका दुई सांसदले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन् । कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले मुख्यमन्त्री पोखरेललाई छोडेका हुन् ।

सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेका छन् । धर्मबहादुर कपिलबस्तु २ (ख) र अजय पश्चिम नवलपरासी (ख)बाट निर्वाचित भएका थिए ।

शाहीले सूर्य चुनाव चिन्हबाट चुनाव लडेपनि आफूहरु एमाले नभएको उनले बताए । ‘हामी सूर्य चिन्हबाट निर्वाचित भएपनि दुई बुँदे सहमति गरेका छौं । त्यस आधारमा हामी स्वतन्त्र हौं’ शाहीले अनलाइनखबरसँग भने, ‘सांसदबाट राजीनामा दिन्नँ । कारबाही प्रक्रिया अगाडि बढेमा अदालत जान्छौं ।’

हृदयेश त्रिपाठी र विजेशकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शाही र श्रीवास्तवले लुम्बिनीमा प्रदेश सांसद जितेका थिए । त्यसबेला वाम गठबन्धनसँग स्वतन्त्र राजनीतिक समूहका रुपमा सूर्य चिन्हबाट चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

सामबेद अनलाइन बिसेष

चुरा हरियो खै कस्को माया जालमा परियो

चुरा हरियो खै कस्को माया जालमा परियो

२०७७ पुष २४, शुक्रबार वजारमा नयाँ गीत चुरा हरियो आएको छ । राजु परियार र विनु विश्वकर्माको स्वर रहेको गीतको शब्द सरोज आचार्य क्षेत्रीको रहेको..