काठमाडौँ — काठमाडौं जिल्ला प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साताका लागि स्थगित गरिएको छ । प्रशासनमा कार्यरत केही कर्मचारीसमेत कोरोनाबाट संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवाहरु सोमबारदेखि (१३ देखि २० गतेसम्म) एक साताका लागि स्थगित गरिएको प्रशासनले आइतबार सूचनामार्फत जनाएको दिएको हो ।
प्रशासन कार्यालयबाट उपलब्ध गराउँदै आएको नयाँ नागरिकता, नागरिकता प्रतिलिपि र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीककरण र पत्रपत्रिका दर्ता सेवा एक साताका लागि स्थगित गरिएको सूचनामा उल्लेख छ ।तर शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसहरुको सेवा भने सुचारु हुने जनाइएको छ ।

